Saturday, August 23, 2014

अन्तर्मनको द्वन्द्....!


     मनअनौठो ....मनलाई हामीले देखेका छौ, सुनेका छौ, येस्लाई छोएर अनुभुती नै लिएका छौ |कुनै रुप नै नभएको यो मन तैपनि यती प्यारो छ | हाम्रो शरीर अन्तरिक भौतिक रुपले हाड,नशा,माशु नंग्रा मिलेर कतिधेरै अंगको मिश्रणले बनेको छ | तेही शरीरको मुटु एउटा अंग हो तर हामीले महसुस गर्ने अनुभूतिहरु यसै मुटुमा अन्तर्निहित भएर समेटिन्छन्  भन्ने हाम्रो मान्यताले नै हामी सायद त्यस्लाई नै भन्छौमन”| कति सजिला दुई शब्द को मेलले बनेको मन तर बुझ्न बुझाउन कति गारो मन...!!
आज सम्म कसैले यो मनलाई व्याख्या गर्न सक्यो कसैले आफ्नै मनलाई सहजै बुझ्न सक्यो अरुको मन बुझ्न झन् कति गारो!मनसँग अनुभूतिहरु छन् भने अर्को तर्फ मस्तिष्क जो आफैमा एउटा विश्लेषक अनि जब यी दुई अनुभूति विश्लेषण बीच लडाई हुन्छ अनि सुरु हुन्छ अन्तर्मनको द्वन्द.....
साचै अनौठो यो मन! यस्को रुप नै छैन तै पनि हामी भन्छौकस्तो मनै नभएको”! कहिलेकाही सबैले जीवनमा सोच्दा  हुन् कहाँ मन? के हो यो मन? कस्तो मन?                     
तर बिडम्बना शरीरको अंगको चोट त्यती दुख्दैन होला जति मन दुख्छ, शरीरको चोट पिडा निको पार्ने दबाई भेट्छौ तर मनलाई निको पार्ने हामी कसैले भेटेनौ| बिज्ञानले लाखौ आविष्कार गरे तर तेही आविष्कारकले आफ्नो मन सम्हाल्ने ऊपकरन भेटाउन सकेन...अनि यो मनको रहस्य..रहस्य नै आजपनि त्यसैले सायद मुश्किल योमन”| साच्चै के होला यस्तो चिज जसले हामीलाई कहिले हसाऊँछ कहिले रुवाऊँछ| यो कहिले आफुमा यती सामर्र्थ्य राख्छ कि यसले जगतनै उज्यालो पारिदिन्छ कहिले यती शिथिल कम्जोर बनिदिन्छ कि मानौ जीवन को अन्त्य येही नै हो!
मनसाँच्चै नै अनौठो गज्जब को ... बिशाल चट्टान जस्तो,समुन्द्रको छाल जस्तो,सानो अबोध बालक जस्तो ..कुनै भयानक राक्क्षस् जस्तो,कहिले भय ले कुण्ठित त कहिले कुनै सुरिलो धुन जस्तो,कुनै बिज्ञ नै पो हो कि जस्तो! “मन नै माया अनि घृणा! मन नै राम्रो नराम्रो! मन नै साचो झुटो! मन नै सहि गलत| येसरी सय थरि कुरा चिज केलऊँदा साच्चै पागल नै पो भईन्छ के रे ! साँच्चै हामीलाई यसले बिचित्रै पो बनईदिएको रहेछ ! यो शरीर आखिर सबैको एउटै हो बस् फरक पर्यो हाम्रो सोचमा  हाम्रो येहीमनमा”| मन कति निस्ठुर कति घाती , अन्यायी ,कपटी ,साच्चै मन पापी नै पो |
येही मनले गर्दा आज सम्बन्ध टुक्रिन्छन्,जीवन काँडा झैँ बिझाउँछ,जीवन ऊजाड लाग्छ,हूलमा पनि एक्लो भईन्छ..पाईला हरु पछाडी सरछन्..यो यती घातक कि यसले ज्यानै पनि लिन्छ| कुनै अलौकिक शक्ति जस्तो, कुनै देवी देवताको अदृश्य शक्ति जस्तो यस्ले बस् अनुभूति का ज्वारभाटा हरुमै मान्छेलाई कहाँ बाट कहाँ पुराईदिन्छ|
  केमननभएकै जाती? मन नहुँदो हो फेरी जीवन कस्तो हुँदो हो ? ढुंगा जस्तो? ढुंगा पनि टुक्रा हुन्छ बरु तर मनै नहुँदो हो फेरी जीवन माअनुभूतिनहुँदो हो| जब अनुभूति हुँदैन जीवन जीवन रहदैंन....निरश अनि ऊजाड..! जीवन जिउने नै येही अनुभूति संग नै हो आखिर...येही मन बाट माया उब्जन्छ तेही माया मै आज संसार अडेको | मन नै फेरी आशा हरु छन्..हरेक चिजमा एक पछि अर्को आशा को त्यान्द्रोले नै हामीलाई अगाडी बढाउँछ| मानिसमा केवल सोच्ने क्षमता मात्र भएर हुँदैन त्यसको निचोड लाई महसुस गर्ने सामर्थ्य पनि हुन जरुरी जुन हामीलाई मनले सिकाऊँछ| मन दयावान पनि ..महान ..आफै सम्हालिन्छ आफूजस्तै अरुलाई पनि सम्हाल्ने शक्ति राख्दछ| मन उपकारी पनि स्वच्छ ..गुणवान येही मन स्वच्छ हुँदो हो तिर्थ येही मनमा .. भगवान हुन्छन्  भने मन्दिर मनमै | जीवनलाई हामी कसरी हेर्न रुचऊँछौ त्यो हाम्रो आफ्नु निर्णय हो त्यो निर्णय हाम्रो सोच बिचारमा भरपर्छ|त्यही अनुरुप हाम्रो मनलाई हामी कुन स्वोरुप दिन्छऊँ भन्ने हाम्रो निचोड बन्छ जीवन को गती येसरी नै चल्छ| भनिन्छ नि मानिस को सोचले नै हो मानिसलाई महान बनाउने.. ऊमेर मान प्रतिष्ठाले जो कोही ठुलो सानो भए पनि जब सोच निश्चल तब ऊसको मन पनि तेही अनुरुप ले उदार अनि महान बन्छ| जब सोच मनको तालमेल मिल्छ तब यो अन्तर्मनको कलहलाई हामी सजिलै बिजय प्राप्त गर्न सक्छौं| कहिले मनले मस्तिष्कलाई डोर्याऊँछ कहिले मन डगमगाऊँदा मस्तिष्कलाई मनले सम्हाल्छ|
            यो मनको द्वन्द सकियो सकिनेनै तर आफ्नो मनलाई कस्तो स्वरूप दिन्छौ त्यो हामी आफुमा भरपर्छ| जस्तै हेर्ने आँखाँ उही हो तर देख्ने वस्तु फरक हुन सक्छन्| हो मन लाई कहिले काहिँ उड्न दिनुपर्छ सधै आफ्नो वस्मा पनि हुँदैन तर उडेर फेरी घर नै फिर्ता आँउछ कि आउँदैन त्यो आफुमा भरपर्छ|मानव बाट दानव हुनु दानव बाट मानव हुनुमा स्वयम् मनकै जिम्मेवारी ..जीवनमा  ऊतार चढाव त आईनै हाल्छ किनकी जीवन एउटा निरर्थक प्रयास हो यो प्रयासमा अटल रहन मनको शक्ति ठुलो ..| त्यसैलेमनहोस् खुला निलो आकाश जस्तो फराकिलो....त्यो गहिरो सागर जस्तो जतिनै गहिरो किन नहोस् शान्त बिशाल...|
                  अन्तमा आफुसंग आफ्नै युद्धमा सबैलाई शुभकामना.....|